Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कञ्चनपुरमा चार दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

    कञ्चनपुरमा चार दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 921
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२, बंक नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाईं मृत भेटिएका हुन् ।

    दमाईंको शव घरदेखि करिब ५०० मिटर टाढा नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए ।



    स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीेको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाईं सोमबारदेखि बेपत्ता थिए ।



    “खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ,” उनले भने, “हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ ।” शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार