Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चौरपाटीका भीम साउँद गोदावरीमा मृत भेटिए

    चौरपाटीका भीम साउँद गोदावरीमा मृत भेटिए

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 2.1K
    SHARES

    कैलाली । कैलालीमा एकजना युवक मृत अवस्थामा भेटिएका छन् ।

    जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरस्थित आफ्नो सोहदर फुपाजु राम चन्द्र साँउदको घरमा अछाम चौरपाटी गाउँपालिका २ बस्ने बर्ष २३ को भीम साँउद झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।



    इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बिहीबार अपरान्ह फुपाजुको एक तले पक्की घरको आफु सुत्ने कोठाको पङ्खामा पहेलो कलरको प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका थिए ।



    उनी गत फागुन २६ गते भेटघाटका लागि फुपाजुको घरमा आएको बुझिएको छ । उनी मन्द्रनगर बसेर पढ्दै आएका थिए । उनको मानसिक सन्तुलन ठिक नभएको खुलेको मालाखेती प्रहरीले जनाएको छ ।

    तर यता उनका आफन्तहरुले भने घटना शंकास्पद रहेको भन्दै गहिरो अनुसन्धान गर्न माग गरिरहेका छन् ।

    उनको शव पोष्टमार्टमका लागि सेति प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि डीएसपी गणेश बरालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार