Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बेपत्ता भएको चार दिनपछि मृत भेटिए स्वास्थ्यकर्मी, अनुसन्धान गर्दै प्रहरी

    बेपत्ता भएको चार दिनपछि मृत भेटिए स्वास्थ्यकर्मी, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 738
    SHARES

    फाइल तस्विर

    सिमकोट । घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेब अंग फडेरा मृतावस्थामा फेला परेका छन् ।

    हुम्लाको सर्केगाड गाउँपालिका–३, उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरीमा रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने आफन्तको भनाइ छ ।



    फडेरा गएको शुक्रबारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । आफन्तले उनलाई सोमबार दिउँसोे मृतावस्थामा फेला परेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।



    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भने, “घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन । घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरीचौकीको टोली घटनास्थलमा पुगेको छ ।”

    मुचुल्कापछि आज बाजुराको कोल्टीस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा शव परीक्षणका निम्ति लैजाने प्रनाउ खनालले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार