Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एकैघरका तीन जनाको शव घरभित्रै फेला, अनुसन्धान गर्दै प्रहरी

    एकैघरका तीन जनाको शव घरभित्रै फेला, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 1.2K
    SHARES

    धनकुटा । धनकुटामा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाकाका अनुसार धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् ।



    टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् ।



    प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । अत्यधिक मादक पदार्थ सेवन गर्ने टीकारामले घरायसी विवादमा मध्यराति पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

    प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृत्युको कारण खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार