Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • जंगलमा प्रहरी हवल्दार मृत भेटिए

    जंगलमा प्रहरी हवल्दार मृत भेटिए

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 6.3K
    SHARES

    रुपन्देही ।रुपन्देहीमा नेपाल प्रहरीका एकजना हवल्दार मृत भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्ला बुटवलको जंगलमा मृत भेटिएका हुन् ।



    पुस २९ गते बुटवल उपमहानगरपालिका-७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव सडिकसको अवस्था भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।



    ठकुल्लाको मानसिक अवस्था ठिक नभएको पाइएको बताइएको छ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेका उनी जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्ने प्रहरीको अनुमान छ ।

    पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । ठकुल्लाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार