Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एमाले वडा नं. १ कमिटीले गरायो वडाको ध्यानाकर्षण, भन्यो – जनताको पहरेदार हुँ भन्ने सम्झनू

    एमाले वडा नं. १ कमिटीले गरायो वडाको ध्यानाकर्षण, भन्यो – जनताको पहरेदार हुँ भन्ने सम्झनू

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 3.1K
    SHARES

    अछाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) चौरपाटी गाउँपालिका वडा नं. १ वडा कमिटीले वडालाई ध्यानाकर्षण पत्र बुझाएको छ । जनताका सवाल उठाउँदै शुक्रबार एमाले वडा कमिटीले वडाध्यक्ष वीर बहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

    एमाले वडा कमिटीले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ”प्रस्तुत विषय सम्बन्धमा यस चौरपाटी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वडा को विनियोजित बजेटका विभिन्न योजना बनाई कार्य सम्पन्न नै नभएका र केही योजनाहरू प्रयोग विहीन भएको कुरा जनताको जनगुनासोप्रति नेकपा एमाले ध्यानाकर्षण गराउँदछ ।



    यसै गरी वडा नम्बर १ को गैरीलेखदेखि पातल, टिम्ले सडक अवरुद्ध भएको एक महिना बितिसक्दा पनि वडा सरकारले कुनै पनि वास्ता गरेको छैन । यसले जनतालाई पर्न गएको असरप्रति ध्यानाकर्षण गराउँदै तत्काल बाटो सुचारु गरिदिन हुन् ध्यानाकर्षण गर्दछौ ।”



    यस्तै एमाले वडा कमिटीले जनप्रतिनिधि जनताको जनजीवनको पहरेदार हो भन्ने कुरा अवगत गराएको छ । साथै आम वडावासीलाई समृद्धि बनाउनका लागि अनुरोध गरिएको छ ।

    ‘आर्थिक वर्ष २०७९/८० को वार्षिक योजनाको सर्वदलीय बैठक बोलाई सार्वजनिक सुनाई गराइदिन हुन अनुरोध गर्दछौ,’ अध्यक्ष नरबहादुर साउँदद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार