Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चक्कु प्रहार गरेर श्रीमतीको हत्या

    चक्कु प्रहार गरेर श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर। कञ्चनपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

    दोधारा चाँदनी नगरपालिका-७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर उनका श्रीमान् ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले हत्या गरेका हुन् ।



    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुर्‍याइएका थियो ।



    तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार