Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कुवेरको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

    कुवेरको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 756
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा ३५ वर्षीय कुवेर दमाईको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा मृतकको भतिज नाता पर्ने कृष्णपुर नगरपालिका-२ बस्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाई रहेका छन् ।



    सोमबारदेखि घरबाट हराई बेपत्ता भएका कुवेर दमाईको कृष्णपुर नगरपालिका-२ बाणी बन्द नदीको बगरमा बिहीबार गाडिएको अवस्थामा शव फेला परेको थियो।



    सोमबार राति बन्द नदीको बगरमा उनीहरूबीच घरायसी कुरा गर्दै सम्झाई बुझाई गर्ने क्रममा विवाद भएको र विवादको क्रममा कुवेरलाई दुवै जनाले कुटपिट गर्नुका साथै ढुंगा समेत प्रहार गरी हत्या गरी सोही स्थानमा खाडल खनि पुरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार