Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय प्रधानमन्त्री मोदीले भने – नेपालका लागि चामल निर्यातमा बन्देज लगाइएको छैन

    भारतीय प्रधानमन्त्री मोदीले भने – नेपालका लागि चामल निर्यातमा बन्देज लगाइएको छैन

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि नभएको स्पष्ट पारेका छन् ।

    शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फोन संवाद गर्दै भारतीय प्रधानमन्त्री मोदीले चामल निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि नभएर अन्य देशका लागि मात्र भएको प्रष्ट पारेका हुन् ।



    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार फोन संवादमा प्रधानमन्त्री प्रचण्डले चामल निर्यातबारे राखेको जिज्ञासामा उनले नेपालका लागि निर्यातमा रोक नलगाएको स्पष्ट गरेका थिए ।



    पहिला पनि चामल अन्य देशका लागि निर्यातमा रोक लगाए पनि नेपालका लागि थिएन । यसपटक पनि त्यस्तै रहेको प्रधानमन्त्री मोदीले स्पष्ट पारेको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार