Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

    ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एकजना युवतीको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

    उनलाई सोमबार राति करिब २ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।



    गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    युवतीलाई ठक्कर दिने ट्रक चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय होमबहादर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार