Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्षतिग्रस्त सडक र पुल तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाको निर्देशन

    क्षतिग्रस्त सडक र पुल तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 609
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गर्न दिएका छन् ।

    मन्त्री ज्वालाले वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनर्निर्माणमा थाल्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।



    अविरल वर्षाले देशभर ठूलो भौतिक क्षति बनाएको छ भने केही ठाउँमा मानवीय क्षति पनि पुर्‍याएको छ। अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ।



    सडक भासिएपछि आवतजावत पूर्णरूपमा बन्द भएको छ। बन्द भीमदत्त सडकको तत्काल पुनर्निर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार