Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विदेशी मुद्रासहित विमानस्थलबाट भारतीय र साउदी अरेबियन नागरिक पक्राउ

    विदेशी मुद्रासहित विमानस्थलबाट भारतीय र साउदी अरेबियन नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 855
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।

    प्रहरीले विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई भारततर्फ लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित भारतीय नागरिक ४७ वर्षीय बरूनेश चन्द्रलाई पक्राउ गरेको हो ।



    ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई बिमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त भारतीय रूपैयाँ फेला परेको थियो।



    यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ सय ४२ थान गरी १४ हजार २ सय अमेरिकी डलरसहित साउदी अरेबियन नागरिक ५३ वर्षीय अलयम्नी अबदुल्लाह अबदुलरहमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    बाटिक एयरको उडानद्वारा मलेसिया जान लागेका उनलाई बिमानस्थलको ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको अमेरिकी डलर फेला परेको हो । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि राजश्व विभाग हरिहरभवनमा बुझाउन प्रहरी वृत गौशलामा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार