Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अब इमरान खानले पाँच वर्षसम्म चुनाव लड्न नपाउने

    अब इमरान खानले पाँच वर्षसम्म चुनाव लड्न नपाउने

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 450
    SHARES

    एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न प्रतिबन्ध लगाएको छ । इमरान खानलाई हालै मात्र तोशाखाना मुद्दामा जेल पठाइएको छ ।

    उनी विगत केही महिनादेखि पाकिस्तानका विभिन्न अदालतमा आफूविरुद्ध लगाइएको आरोपलाई चुनौती दिइरहेका थिए ।



    तर अन्ततः अगस्ट ५ मा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो ।



    इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले पूर्वप्रधानमन्त्रीको गिरफ्तारीविरुद्ध देशव्यापी प्रदर्शनको आह्वान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार