Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेविसंघमा विवाद : समानान्तर समिति घोषणा गर्ने तयारी, सानेपामा बोलाइयो भेला

    नेविसंघमा विवाद : समानान्तर समिति घोषणा गर्ने तयारी, सानेपामा बोलाइयो भेला

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 870
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघमा समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरिएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेपाल विद्यार्थी संघमा सदस्य थप गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले नेविसंघ समानान्तर कार्यसमिति घोषणाको तयारी गरेको हो ।



    जसका लागि दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा समानान्तर केन्द्रीय कार्यसमितिको घोषणा गर्ने तयारी गरिएको छ ।



    नेविसंघको विधानले १५१ सदस्य मात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेपछि आन्दोलित हुनुपरेको विद्यार्थी नेताहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार