Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • गृहमन्त्री श्रेष्ठलाई ‘नालायक’को संज्ञा दिँदै नेविसंघले माग्यो राजीनामा

    गृहमन्त्री श्रेष्ठलाई ‘नालायक’को संज्ञा दिँदै नेविसंघले माग्यो राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।

    बुधबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।



    पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकोप्रति आपत्ति जनाउँदै नेविसंघले नागरिकको ज्यान रक्षा गर्न नसक्ने गृहमन्त्री असफल भएको बताएको छ । बुधबार दिउँसो यादवमाथि खुकुरी प्रहार भएको थियो ।



    यस्तै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको आईसीयूमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ ।

    ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार