Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • चौरपाटी गाउँपालिकाका दुई पूर्ववडाध्यक्षले अझै फिर्ता गरेनन् ल्यापटप

    चौरपाटी गाउँपालिकाका दुई पूर्ववडाध्यक्षले अझै फिर्ता गरेनन् ल्यापटप

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 1.7K
    SHARES

    अछाम । चौरपाटी गाउँपालिकाका निवर्तमान दुई वडाध्यक्षले अझै पनि ल्यापटप फिर्ता नगरेको खुलेको छ । कार्यकाल सकिएको एक वर्ष भन्दा बढी समय भइसक्दा पनि उनीहरूले अझै ल्यापटप फिर्ता नगरेको खुलेको हो ।

    यसरी ल्यापटप फिर्ता नगर्नेमा वडा नम्बर ५ का टेक बहादुर खड्का र वडा नम्बर ६ का मने साउँद रहेका छन् । आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ५५(१) मा जिन्सी मालसामान लिनेले कामबाट अलग हुँदा आफ्नो जिम्मा रहेको सामानको बरबुझारथ गर्नु पर्ने उल्लेख छ ।



    यस्तै निवर्तमान गाउँपालिकाका अध्यक्षको उपस्थितिमा २०७९ वैशाख १० गते बसेको बैठकले पनि जनप्रतिनिधिसँग रहेको सार्वजनिक सम्पत्ति बरबुझारथ गर्ने निर्णय समेत गरेको थियो । तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाका अनुसार हालसम्म पनि खड्का र साउँदले ल्यापटप नफर्काएका हुन् ।



    ‘उहाँहरु ल्यापटप फिर्ता गर्छन होला । फिर्ता नगरे फेरि ताकेता गर्छौं,’ उनले भने । यदि ल्यापटप फिर्ता नगरे प्रक्रिया अनुसार अगाडि बढ्ने उनले बताए । यता महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा पनि उनीहरूसहित तीन जनाले लेखापरीक्षण अवधि २०७९–०५–११ गतेसम्म ल्यापटप फिर्ता नगरेको उल्लेख छ । तर वडा नम्बर ३ का वडा अध्यक्ष रामबहादुर साउँदले ल्यापटप फिर्ता गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले पुष्टि गरे ।

    तर दुईजना वडाध्यक्षले फिर्ता नगरेको उनको भनाई छ । जिन्सी खाता अनुसार एउटा ल्यापटप ६१ हजार पाँच सय रुपैयाँको रहेको छ । उनीहरू दुईजना वडाध्यक्षबाट ल्यापटप फिर्ता हुनु पर्ने अन्यथा उक्त जिन्सी सामानको मूल्य असुल गर्न महालेखाले भनेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार