Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको प्रदर्शन

    विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 861
    SHARES

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकको विरोध गर्दै प्रदर्शन गरेका छन् ।

    निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सनले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको हो ।



    प्रदर्शनकारीले माग पूरा नभएसम्म आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका छन् ।



    विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) ले असन्तुष्टि जनाउँदै आएका छन् ।

    विधेयकले पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्नेलगायतका व्यवस्था गरेकामा ती संस्थाको आपत्ति रहेको छ ।

    प्रदर्शनकारीले नियोजनमुखी विधेयक तत्काल खारेज हुनुपर्ने, शिक्षामा समान अवसर, अवसरमा समान पहुँच हुनुपर्ने, सामुदायिक शिक्षा सुधार्न र निजी शिक्षा नबिगार्न माग गरिएका लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार