Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस सांसद शर्मामाथि नक्कली सर्टिफिकेट बनाएर डाक्टर बनेको आरोप

    कांग्रेस सांसद शर्मामाथि नक्कली सर्टिफिकेट बनाएर डाक्टर बनेको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ ।

    सीआइबीले सत्ता साझेदार दल कांग्रेसकै सांसद शर्मालाई गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो।



    डाक्टरको नक्कली सर्टिफिकेट बनाएको सम्बन्धमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको सीआइबी स्रोतले बतायो ।



    भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आधारमा उनले चीनबाट एमबीबीएस अध्ययन गरेको स्रोतको दाबी छ ।

    अनुसन्धान जारी रहेकाले नक्कली सर्टिफिकेट प्रकरणमा अरु पनि पक्राउ पर्न सक्ने सीआईबी बताउँछ । उनी काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका संञ्चालक हुन् ।

    सुन तस्करी प्रकरणमा आफ्नै पार्टीका अर्थमन्त्रीको राजीनामा मागेर चर्चामा आएका शर्मा एकाएक चुप बस्नुको पछाडी उनको ब्यापारीक साझेदार रहेका माओवादी केन्दका नेता वर्षमान पुन जोडिएको रहस्य पनि खुलिसकेको छ ।

    कांग्रेस सांसद शर्माले अर्थमन्त्रीले राजीनामा नदिए कफन बाँधेर संसद् छिर्नेदेखि अनसन बस्नेसम्म्का धम्की दिएका थिए। तर, उनी पछिल्लो समय मौन थिए । सुन तस्करी प्रकरणमा माओवादी नेता पुन मुछिएपछि उनी चुप बसेका थिए ।

    साउन १३ गते शनिबार पक्राउ परेका चिनियाँ मुलुका बेल्जियम नागरिक दावा छिरिङसँग वर्षमानको सम्बन्ध रहेको समाचार आएका थिए । स्रोतका अनुसार दुई जना व्यापारिक साझेदार समेत हुन् ।

    वर्षमानको मोटो रकम शर्माले मेडिकल कलेजमा लगानी गरेका छन् । फरक पार्टीका भएपनि उनीहरुबीच घनिष्टता छ । उनै पुनमाथि सुन तस्करीमा छानबिनको माग हुन थालेपछि शर्माको मुख बन्द भएको छ ।

    शर्मा मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि अपरेसन चलाउँदै आएको छ । त्यतिबेला सीआईबीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो ।

    त्यसको १ वर्षपछि ३६ जना नक्कली डाक्टर पक्राउ परेका थिए । २०७७ सालमा पश्चिम चौरजहारी अस्पतालमा कार्यरत डा.दीपेन्द्र गौतमसहित ७ जना पक्राउ परेका थिए । पछि फेरि २०७८ सालमा ७ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार