Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गृहमन्त्रीले राजीनामा नदिए अनसन बस्ने सांसद शर्माको चेतावनी

    गृहमन्त्रीले राजीनामा नदिए अनसन बस्ने सांसद शर्माको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 534
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्रीले राजीना नदिएसम्म आमरण अनसन बस्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री नारायाणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् ।



    सांसद शर्माले भने,‘अहिलेको गृहमन्त्री जसले मलाई आतंककारीजस्तो बनाएर पक्राउ गर्नुभयो। उहाँले बिनाशर्त राजीनामा गर्नुपर्छ । सभामुखमार्फत म दोहोर्‍याउन चाहन्छु, यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने म आमरण अनशन बस्छु।’



    आफूलाई पक्राउ गरेका विषयमा प्रधानमन्त्रीले पनि माफी माग्नुपर्ने उनको भनाइ थियो।

    सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको नेतृत्व गरेको आरोप लगाए । गृहमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनसन बस्ने चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार