Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ओलीलाई भेटेर कांग्रेस सांसद शर्माले भने – प्रधानमन्त्री र गृहमन्त्री आतंककारी नै हुन्

    ओलीलाई भेटेर कांग्रेस सांसद शर्माले भने – प्रधानमन्त्री र गृहमन्त्री आतंककारी नै हुन्

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 846
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माबीच भेटवार्ता भएको छ ।

    प्रमुख प्रतिपक्ष दलका नेता अध्यक्ष ओलाई भेट्न कांग्रेस सांसद शर्मा बालकोट पुगेका हुन् । सांसद शर्मालाई साउन २६ गते शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको थियो ।



    अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।



    अध्यक्ष ओलीसँग भेटेपछि सांसद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।

    सांसद शर्माले सदनमा गोप्य मतदान गरे प्रचण्डको पक्षमा २० मत पनि नआउने दाबी गरे । शर्माले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए । उनले आगामी दिनमा आफू कांग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए ।

    उनले गृहमन्त्रीले माफी दिँदै राजीनामा माग्दै एक्लै भएपनि संसद अवरोध गर्ने चेतावनी दिए । प्रधानमन्त्रीले अहिले फण्डामात्रै देखाएको जिकिर गर्दै शर्माले आज बस्ने पार्टी संसदीय दलको बैठकमा पनि कुरा राख्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार