Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेस सांसद शर्माले भने – गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन्नँ, अर्थमन्त्रीबारे सोच्नसक्छु

    कांग्रेस सांसद शर्माले भने – गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन्नँ, अर्थमन्त्रीबारे सोच्नसक्छु

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 642
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्रीको राजीनामाबाट ब्याक नहुने स्पष्ट पारेका छन् ।

    आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसद शर्माले यस्तो बताएका हुन् । सांसद शर्माले सुन तस्करी प्रकरणमा आफूले गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र उठाएको बताए ।



    सांसद शर्माले भने,‘भन्सारबाट क्विटलका क्विन्टल सुन आउने, अनि पुलिस प्रशासनको नेतृत्व गरेको गृहमन्त्रालयलाई पनि थाहा नहुने, अर्थमन्त्रीलाई पनि थाहा नहुने भन्ने नेपालीले जनताले पत्याउँछन् त ? यो भन्दा ठूलो प्रमाण के हुन्छ । अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ ।अर्थमन्त्रीबारे सोच्नसक्छु । ’



    उनले आफ्नो अभिव्यक्तिमा कुनै कमजोरी भए आगामी दिन सच्याउन तयार रहेको समेत बताए । उनले आज बिहान बालकोट गएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस र एमालेको सरकार बनाउने पहल थाल्ने बताएका थिए ।

    आफ्नो प्रश्नको उत्तर अर्थ र गृहमन्त्रीका साथै प्रधानमन्त्रीले पनि दिनुपर्ने उनले बताए । सांसद शर्माले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन समेत माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार