Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • सीआईबीले दियो कांग्रेस सांसद शर्मा पक्राउबारे संसद सचिवालयलाई जानकारी

    सीआईबीले दियो कांग्रेस सांसद शर्मा पक्राउबारे संसद सचिवालयलाई जानकारी

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 951
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संघीय संसद सचिवालयलाई जानकारी गराएको छ ।

    प्रहरी अतिरिक्त महानिर्देशक (एआईजी)किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएकी हुन्।



    सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो ।



    कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आधारमा उनले चीनबाट एमबीबीएस अध्ययन गरेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको सीआइबीले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार