Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीआईबीको अपरेशन ‘फोक्सट्रोट चार्ली’ : इशान बाल अस्पतालका चिकित्सक पक्राउ

    सीआईबीको अपरेशन ‘फोक्सट्रोट चार्ली’ : इशान बाल अस्पतालका चिकित्सक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 702
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पनि पक्राउ गरेको छ ।

    योसँगै सीआईबीले चलाएको अपरेशन फोक्सट्रोट चार्लीमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । ब्युरोले यसअघि कांग्रेस सांसद् सुनिल शर्मा, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।



    पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ । विगतदेखि नक्कली प्रमाण पत्र बाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।



    सांसद शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । मोरङबाट सांसद् निर्वाचित शर्माले १५ दिनअघि सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । उनलाई सोही प्रतिसोध साध्न पक्राउ गरिएको भन्दै आशंका व्यक्त गरिन थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार