Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकी प्रदेशसभा बैठक बस्दै

    गण्डकी प्रदेशसभा बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 708
    SHARES

    पोखरा । गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ।

    आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ।



    ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो। सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने छ। यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो।



    प्रमुख प्रतिपक्ष नेकपा एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईवटा प्रस्ताव पनि प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ।

    प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद्’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार