Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • छिमेकीको सुन चोरेको आरोपमा श्रीमान-श्रीमती पक्राउ

    छिमेकीको सुन चोरेको आरोपमा श्रीमान-श्रीमती पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 1K
    SHARES

    संकेतिक तस्विर

    बैतडी । बैतडी प्रहरीले सुन चोरेको आरोपमा एक दम्पतीलाई पक्राउ गरेको छ।

    डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथलाई सुन चोरेको आरोपमा पक्राउ गरिएको हो ।



    सोही ठाउँका जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



    गत साउनमा नै सुन हराएको र गोपाल र उनकी श्रीमती लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    दुबैमाथि चोरीसम्बन्धी मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार