Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • घर निर्माणका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    घर निर्माणका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 513
    SHARES

    महोत्तरी । घर निर्माणका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

    सम्सी गाँउपालिका-१ पर्सा बजारमा घर निर्माण गर्ने कार्यमा खटिएका स्थानीय ५५ वर्षीय राजकिशोर यादवको मृत्यु भएको हो ।



    सोमबार साँझ सम्सी गाँउपालिका १ पर्सा बजारमा घर निर्माण गर्ने कार्यमा खटिएका कामदारमध्ये ३ जना घाइते भएका थिए।



    यादवको जानकी एकेडेमी पर्सामा उपचारको क्रममा मृत्यु भएको हो।

    पर्सा बजारमा घर बनाइ रहेका स्थानीय उपेन्द्र यादवको घर ढलान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका ३ जनामध्ये यादवको उपचारको क्रममा गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    घाइते हुनेमा स्थानीय कामदार ४५ वर्षीय सुरेश खत्वे मण्डल र रामगोपालपुर नगरपालिका ४ का ३४ वर्षीय बिपिन मण्डलको उपचार भइरहेको छ ।

    घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार