Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु

    करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुँडिएर घरको आँगनमा खस्दा करेन्ट लागेर दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको थियो ।



    करेन्ट लागेर गम्भीर घाइते भएका गोरखको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार