Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पारस खड्का क्रिकेट संघको काठमाडौं जिल्ला सदस्य निर्वाचित

    पारस खड्का क्रिकेट संघको काठमाडौं जिल्ला सदस्य निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 621
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन्।

    मंगलबार सम्पन्न भएको संघको चौथो वार्षिक साधारण सभामा खड्का सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । सभाले जिल्ला अध्यक्षमा दिवाकर घलेलाई निर्वाचित गरेको छ ।



    साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।



    ‘आज भएको काठमाण्डौ जिल्ला क्रिकेट संघको चौंथो अधिवेशनबाट मलाई जिल्ला कार्यसमिति सदस्य बनाई आधिकारिक रुपमा नेपाल क्रिकेटको विकाश तथा विस्तारको लागि अघि बढ्न सहयोग गर्नुहुने सबैमा विशेष आभार प्रकट गर्न चाहान्छु,’ खड्काले सामाजिक सञ्जालमार्फत् भनेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार