Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतीय सवारी साधनको ठक्करबाट शान्तिरामको मृत्यु

    भारतीय सवारी साधनको ठक्करबाट शान्तिरामको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    झापा । झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गी सडक खण्डमा मङ्गलवार बेलुका सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

    विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारी साधनले ठक्कर दिँदा कमल वडा नं. ४ का मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवारमा ६८ बर्षीय शान्तिराम खनाल (डोरप्रसाद) को मृत्यु भएको हो ।



    बेलुका ७ बजेतिरको समयमा अत्यधिक गतिमा आएको भारतीय नम्बर प्लटेको कारले पाडाजुङ्गी स्थित गीता आयल सेन्टर नजिकै मोटरसाइकललाई ठक्कर दिएपछि खनाल गम्भीर घाइते भएका थिए ।



    खनालको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार