Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हुग्दीखोलामा बस दुर्घटना : २० जना घाइते, पाँचको अवस्था गम्भीर

    हुग्दीखोलामा बस दुर्घटना : २० जना घाइते, पाँचको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 603
    SHARES

    फाइल तस्विर

    काठमाडौं । धादिङको हुग्दीखोलामा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

    बेनिघाट रोराङ ९ हुग्दीखोलास्थित पृथ्वी लोकमार्गमा तुल्सिपुरबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस शनिबार बिहान ४ः४५ बजे आफै अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।



    घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ । प्रहरी चौकी जोगिमाराका अनुसार गम्भीर घाइते भएका रुकुम (पश्चिम) चौरजारी १४ बस्ने २८ वर्षीय प्रेम पुन, दाङको दांगीशरण १ बस्ने ८५ वर्षीय शिवलाल विकलाई काठमाडौं रिफर गरिएको छ ।



    सल्यान।बाघचौर १० बस्ने ५० वर्षीय मानबहादुर खड्कासहित बाँकी घाइतेहरुको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ । मलेखुमा उपचाररत सल्यान सबेश्वरी ३ बस्ने २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    पुनकी श्रीमती ३२ वर्षीय रेखा केसी पनि घाइते भएकी र उनीहरुको शरीरको विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार