Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • धनगढीमा असोज २७ गतेदेखि दशैँ मेला लाग्ने, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने

    धनगढीमा असोज २७ गतेदेखि दशैँ मेला लाग्ने, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 711
    SHARES

    कैलाली । हिन्दुहरुको महान पर्व बडा दशैँलाई लक्षित गर्दै कैलालीमा दशैँ मेला २०८० हुने भएको छ ।

    आइ लाइभको आयोजनामा असोज २७ देखि कार्तिक ४ गतेसम्म धनगढीमा मेला सञ्चालन गरिने सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।



    साँगेतिक क्षेत्रको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिन लागेको आइ लाइभका सदस्य धिरविक्रम सिंहले जानकारी दिए ।



    पर्यटन तथा संस्कृतिक प्रवद्र्धन, स्थानिय व्यापार प्रवद्र्धन, छिटो छरितो किनमेल केन्द्र, मनोरञ्जन केन्द्र, विभिन्न पुस्ता, भेसभुसा र समुदायको मिलन तथा संस्कृति आदान प्रदान, आर्थिक क्षेत्रमा तरंग, स्थानिय व्यापार, फर्म, कृषि, उद्यमी, साना हस्तकला तथा महिला उद्यमीलाई स्टलमा छुट तथा मनोरञ्जन प्रदान गर्ने लगायतको मेलाका विशेषता रहेका छन् ।

    आठ दिनसम्म चल्ने मेलाका लागि ट्राभेल रेन व्याण्ड, कलाकार शिल्पा मास्के, गायक नविन के भट्टराई, चक्र बम लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार