Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दशैँको टीका लगाउने क्रम आज पनि जारी

    दशैँको टीका लगाउने क्रम आज पनि जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 744
    SHARES

    काठमाडौं । आश्विन शुक्ल पक्षको त्रयोदशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ ।

    नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।



    घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्।



    टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

    आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन रहीआएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार