Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दशैं टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

    दशैं टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । यस वर्षको दशैंको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

    यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुने छ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।



    घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने बताइएको छ । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।



    देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटमा साइत दिइएको समितिले जनाएको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैं पर्व समाप्त हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार