Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दशैंमा उपत्यका छाड्नेहरुको भिड, नाकाहरुमा जाम

    दशैंमा उपत्यका छाड्नेहरुको भिड, नाकाहरुमा जाम

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 720
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको विभिन्न बसपार्कहरूमा भीड लागेको छ । काठमाडौँ उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र कोटेश्वर तथा भक्तपुरको जगातेमा सवारी साधनको जाम लागेको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आजभोली दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू उपत्यका छाड्ने गरेका छन् । घटस्थापना पछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेको ट्राफिक कार्यालयले जनाएको छ ।



    यसैबीच काठमाडौंको नागढुंगामा कार दुर्घटना हुँदा झन जाम बढेको छ । बा १५ च ९०६४ नम्बरको कार नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।



    बिहीबार सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले शुक्रबार बिहान बाहिर निकालिएको छ । कार निकाल्ने क्रममा नागढुंगा सडकखण्डमा केहीबेर सवारी साधनको जाम भएको थियो । दुर्घटनामा कोही पनि हताहती नभएको र सबै सामान्य रहेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार