Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरीमा जागिर लगाइदिन्छु भन्दै २ लाख ठगी, काठमाडौंबाट नरेश पक्राउ

    प्रहरीमा जागिर लगाइदिन्छु भन्दै २ लाख ठगी, काठमाडौंबाट नरेश पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 465
    SHARES

    संकेतिक तस्विर

    दाङ । प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–३ घर भइ काठमाडौं चन्द्रागिरी बस्ने ५८ वर्षीय नरेश गौतम छन्।



    गौतमले दाङकी २२ वर्षीया एक युवतीलाई प्रहरी जवानमा भर्ना गराइदिन्छु भन्दै पटक–पटक गरेर २ लाख रुपैयाँ लिएर ठगी गरेका थिए।



    पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ।

    काठमाडौंबाट पक्राउ गरी दाङ लगिएका उनीविरुद्ध ठगी कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको दाङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार