Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उसिना चामलको निर्यातमा भारतले लगायो २० प्रतिशत कर, मूल्य वृद्धि हुने सम्भावना

    उसिना चामलको निर्यातमा भारतले लगायो २० प्रतिशत कर, मूल्य वृद्धि हुने सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    नयाँ दिल्ली । भारतको संघीय सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको अधिकारीहरूले शनिबार बताएका छन् ।

    आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले अर्थ मन्त्रालयले शुक्रबार साँझ उक्त आदेश जारी गरेको हो ।



    निर्देशनानुसार निर्यात शुल्क तत्काल कार्यान्वयन गरी यही अक्टोबर ३१ सम्मका लागि प्रभावकारी रहनेछ । योसँगै भारतले अब सबै प्रकारका गैरबासमती चामलमा प्रतिबन्ध लगाएको छ । त्यो भारतको कुल चामल निर्यातको लगभग २५ प्रतिशत हो ।



    यसको निर्यातमा २० प्रतिशत भन्सार दर लागु गर्दा विश्वव्यापी मूल्यमा थप वृद्धि हुने सम्भावना छ ।

    गएको महिना अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा प्रभाव पार्ने र अरू मुलुकमा खाद्यपदार्थको मूल्यमा उतारचढाव बढाउने जनाएको थियो । एक निश्चित श्रेणीको चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार