Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ललिता निवास प्रकरण : ८३३ पृष्ठ लामो अभियोगपत्रमा ३११ प्रतिवादी, ७५ अर्बभन्दा बढी बिगो माग (सूचीसहित)

    ललिता निवास प्रकरण : ८३३ पृष्ठ लामो अभियोगपत्रमा ३११ प्रतिवादी, ७५ अर्बभन्दा बढी बिगो माग (सूचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 2.3K
    SHARES

    काठमाडौं। जिल्ला सरकारी वकिलको कार्यालयले ललिता निवास जग्गा घोटाला प्रकरणसम्बन्धि मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको छ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा सरकारी वकिलको कार्यालयले आइतबार दायर गरेको मुद्दामा २३९ प्रतिवादीबाट ७५ अर्बभन्दा बढी बिगो मागदाबी गरिएको छ ।



    ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएका कूल ३११ जना विरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति छन् ।



    पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन् । त्यस्तै ६ जना पूर्वसचिवहरुलाई पनि अभियोग लगाइएको छ । बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोग लगाइएको छ ।

    प्रतिवादी नम्बर १ मा रामकुमार सुवेदीलाई बनाइएको छ भने माधवी सुवेदीलाई दोस्रो, शोभाकान्त ढकाललाई तेस्रो, कृष्ण बहादुर राउतलाई चौथो र शिवजी भट्टराईलाई पाँचौँ स्थानमा राखेर मुद्दा चलाइएको छ ।

    यस्तै अन्तिम नम्बरमा सञ्जजन कुमार चाचनलाई प्रतिवादी बनाइएको छ । त्यस्तै सीआईबीको सिफारिसमा अदालतमा २१ जना मृत्यु भइसकेका प्रतिवादीलाई पनि विपक्षी बनाइएको छ ।

    मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर अभियोगपत्रमा सीआईबीले अनुसन्धान गरेर बुझाएको फाइलमा केही संशोधन गरिएको छ। सीआईबीले सञ्चारसचिव कृष्ण बहादुर राउतलाई प्रतिवादी नबनाएपनि जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छ ।

    प्रतिवादीहरुसँग ६ अर्बदेखि ४२ लाखसम्मको बिगो मागदाबी गरिएको छ । अदालतमा दायर मुद्दामा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग १० करोड ५१ लाखभन्दा बढी बिगो मागदाबी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार