Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ललिता निवास प्रकरणमा कसलाई कति धरौटी मागियो ? (पूर्णपाठसहित )

    ललिता निवास प्रकरणमा कसलाई कति धरौटी मागियो ? (पूर्णपाठसहित )

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । ललिता निवासको जग्गा घोटाला प्रकरणमा जिल्ला अदालत काठमाडौंले एक जना प्रतिवादीबाहेक अन्य सबैलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छाड्न आदेश दिएका हुन् ।



    उनीहरुले मागको धरौटी बुझाएमा आजै रिहा गरिने जिल्ला अदालतले जनाएको छ। जिल्ला अदालतले तुलाधरलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा कीर्ते गरेको भन्दै मुद्दा दायर गरेको थियो।जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा दायर गरेपछि अदालतले बयान गराएको थियो।



    नेपाल सरकारले साविक मुलुकी ऐन २०२० कीर्ते कागजतको १ र २ नम्बरले परिभाषित कसूर प्रतिवादीहरुले गरेको भनि दाबी लिइएको पाइएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम प्रतिवादीहरूलाई थुनामा पठाउन नमिल्ने देखिएको आदेशमा उल्लेख छ ।अभियुक्त केशव दुलाललाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ ।

    ललिता निवासको जग्गा घोटाला प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसँग सबैभन्दा धेरै धरौटी माग गरेको छ। गुरुङसँग अदालतले २ करोड ४६ लाख धरौटी माग गरेको छ।

    जिल्ला अदालत काठमाडौंले आरोपित शिवजी भट्टसंग ३ लाख ३० हजार,रुद्र कुमार श्रेष्ठसंग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसंग७ लाख ५० हजार,कलाधर देउजासंग १५ लाख र घमन कुमार कार्कीसंग ७ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

    त्यस्तै, गोपाल कार्कीसंग७ लाख ५० हजार, विनोद पौडेलसंग १५ लाख, योगराज पौडेलसंग ७ लाख ५० हजार,नारायणराज मिश्रसंग७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठसंग ७ लाख ५० हजार, ध्रुव प्रसाद अर्यालसंग३ लाख ३० हजार धरौटी माग गरिएको छ ।

    अदालतले बाबुराजा महर्जनसंग १ लख १० हजार, देवनारायण महर्जनसंग १ लाख १० हजार, सकलानन्द महर्जनसंग १ लाख १० हजार, सञ्जय कुमार महर्जनसंग १ लाख १० हजार र लोकहरि घिमिरेसंग ७ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार