Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ललिता निवास प्रकरणमा बहस गर्दै अधिवक्ता बस्नेतको प्रश्न – नेपाल सरकार दुईवटा छ ?

    ललिता निवास प्रकरणमा बहस गर्दै अधिवक्ता बस्नेतको प्रश्न – नेपाल सरकार दुईवटा छ ?

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । अधिवक्ता माधव बस्नेतले बालुवाटारको सरकारी जग्गा घोटाला प्रकरणमा सरकारले बद्नियतपूर्ण अभियोजन गरेको जिकिर गरेका छन् ।

    ललिता निवास मुद्दामा पक्राउ गरिएका प्रतिवादी विनोद प्रसाद पौडेलको तर्फबाट जिल्ला अदालत काठमाडौंमा बहस गर्दै अधिवक्ता बस्नेतले बताएका हुन् ।



    चार वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनको आधारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको उल्लेख गरे ।



    पौडेलले भने–‘एउटै मुद्दा दुईपटक चल्दैन । कार्यालय मात्र फरक हो, अहिले मुद्दा चलाउने पनि तिनै सरकारी वकिल हुन । चार वर्षअघि नै मुद्दा चलाउँदा सरकारले थाहा पाएन ? कि, नेपाल सरकार दुईवटा छ ?’

    समरजंग कम्पनीका तत्कालीन सह–लेखापाल विनोद प्रसाद पौडेलको पत्नी विद्या पौडेललाई अख्तियारले प्रतिवादी कायम गरेको छ । उनको नाममा बालुवाटारमा १४ आना जग्गा भेटिएको छ ।

    अख्तियारले कायम गरेको बिगो र अहिले सरकारी वकिल कार्यालय काठमाडौँले कायम गरेको बिगो फरक भएको अधिवक्ता बस्नेतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार