Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सर्वोच्च अदालतले सोध्यो ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा नचलाउनुको कारण

    सर्वोच्च अदालतले सोध्यो ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा नचलाउनुको कारण

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ ।

    न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माथि मुद्दा नचलाउनुको कारण माग गरेको हो ।



    वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने  र अधिवक्ता रविन शर्माले शक्ति र पहुँचमा भएकै कारण उनीहरुलाई उन्मुक्ति दिइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय नेपाल,भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणि पौड्यालविरुद्ध मुद्दा किन नचलाएको भन्दै कारण देखाऊ आदेश जारी गरेको छ ।



    रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल र भट्टराई लगायतसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो ।

    सीआईबीले गत महिना ललिता निवास जग्गा प्रकरणमा तत्कालिन भूमिसुधारमन्त्री, सचिव, मालपोत र नापीका कर्मचारी, जग्गा खरिदकर्तालगायतविरुद्ध कीर्ते अभियोगमा मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार