Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईजीपी कुँवरको निर्देशन – मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नू

    आईजीपी कुँवरको निर्देशन – मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नू

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।

    मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको निरीक्षण भ्रमणपछि आज आयोजित समारोहमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले ब्यूरोले गरेको कामको प्रशंसा गर्दै अझै समन्वयात्मकरुपमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिए ।



    मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन पनि उनले आग्रह गरे ।



    प्राप्त जनशक्ति र प्रविधिको भरपूर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्न उनले निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार