Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रहरीमा आर्थिक अपराध हेर्न छुट्टै ब्यूरो स्थापना गर्छौं : आईजीपी कुँवर

    प्रहरीमा आर्थिक अपराध हेर्न छुट्टै ब्यूरो स्थापना गर्छौं : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 1.1K
    SHARES

    पोखरा । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले आर्थिक अपराध हेर्ने छुट्टै प्रहरी ब्यूरो स्थापना गर्ने बताएका छन्।

    पोखरामा आज आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन्।



    आईजीपी कुँवरले मुलुकमा बैंकिङ कसुर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताए।



    आईजीपी कुँवरले भने,’आर्थिक अपराधका घटनाले व्यक्ति वा कुनै संस्थालाई मात्र नभइ सिङ्गै राष्ट्रको अर्थतन्त्रलाई गम्भीर असर पुर्‍याउने भएकाले यस्ता घटनाको नियन्त्रणमा प्रहरी प्रधान कार्यालय संवेदनशील भएर लागिपरेको छ ।’

    उनले समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुर्व्यसनी, सामाजिक कसुरलगायत चुनौतीका रुपमा देखा परिरहेको उल्लेख गरे ।

    लागूऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएर जिल्ला तहमा लागू गर्न लागिएको आईजीपी कुँवरले बताए ।

    उनले वैदेशिक रोजगार, अध्ययन, भ्रमण आदि उद्देश्यले नेपालबाट अन्तरदेशीय आवातजावत बढेकाले ती क्षेत्रसँग सम्बन्धित अपराधको जोखिम बढेको धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार