Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • लागुऔषध विरूद्धको लडाइँमा आसरा केन्द्रको योगदान सराहनीय छ : आईजीपी कुँवर

    लागुऔषध विरूद्धको लडाइँमा आसरा केन्द्रको योगदान सराहनीय छ : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागूऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदान सराहनीय रहेको बताएका छन् ।

    काठमाडौँमा भएको आसरा सुधार केन्द्र रानीबारीको २७औँ वार्षिकोत्सव समारोहमा उनले सो कुरा बताएका हुन् । उनले कुलतमा फसेका व्यक्तिहरूलाई पुनःजीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिबद्धताका साथै सामाज रूपान्तरणका लागि खेलेको भूमिका पनि उत्तिकै सराहनीय रहेको बताए ।



    लागुऔषधको कारोबार तथा लागूऔषधमा सङ्लग्न व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले यसको नियन्त्रणका लागि देशव्यापी रूपमा ‘लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना’ कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।



    उनले संस्थाले सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन मद्दत पु¥याएको उल्लेख गर्दै राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यलाई उक्त केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको बताए ।

    साथै आईजीपी कुँवरले केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८०’ को विमोचन समेत गरेका थिए । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार