Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाले दिए आवेदन

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाले दिए आवेदन

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको छ ।

    उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्रस्तुतिकरण एवं अन्तर्वार्ताका लागि सूचना प्रकाशित गरेको हो ।



    उपाध्यक्षका लागि आवेदन दिएका ९ जना उम्मेदवारहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता भदौ १७ र १८ गते हुने भएको छ । आयोगका वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले कार्यकाल दोहो¥याउन चाहेका छन् ।



    त्यस्तै प्रा.डा. संगीता सिंह भण्डारी, प्रा. डा. सुमनकुमार श्रेष्ठ, डा. प्रविण मिश्र, प्रा.डा पियुस दाहाल र प्रा.डा विधाननिधि पौडेलले पनि उपाध्यक्षका लागि निवेदन दिएका छन् । आयोगको उपाध्यक्ष लागि डा. प्रमोदकुमार यादव, डा. अञ्जनीकुमार झा र प्रा.डा.मनेनप्रसाद गोर्खालीले पनि आवेदन दिएका छन् ।

    उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समितिले दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना सहितको सोचपत्र प्रस्तुत गर्न मिति र समयसहितको सूचना प्रकाशित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार