Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा झालाई नियुक्त गर्ने सरकारको निर्णय

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा झालाई नियुक्त गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.अन्जनीकुमार झा नियुक्त भएका छन् ।

    मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।



    झा नेपाली कांग्रेसनिकट हुन्। आयोगको उपाध्यक्ष पदका लागि ९ जनाले आवेदन दिएका थिए।



    उपाध्यक्षको सिफारिसका लागि सरकारले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् ।

    क्यान्सर रोग विशेषज्ञसमेत रहेका झा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष भइसकेका छन् । उनी १४ औँ महाधिवेशनमा मधेशी समुदायभित्र कांग्रेसको खुला केन्द्रीय सदस्यको उम्मेदवार थिए ।

    आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा झासँगै, डा. पियुष दाहाल, डा.प्रमोदकुमार यादव, डा. प्रवीण मिश्र, प्रा. डा. मनेनप्रसाद गोर्खाली, डा.विधाननिधि पौडेल, प्रा.डा.श्रीकृष्ण गिरी, प्रा.डा.संगितासिंह भण्डारी र प्रा.डा.सुमनकुमार श्रेष्ठ थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार