Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ललिता निवास प्रकरणमा संलग्न १७ जनाको बयान पुरा

    ललिता निवास प्रकरणमा संलग्न १७ जनाको बयान पुरा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा संलग्न १७ जना प्रतिवादीहरुको बयान सकिएको छ ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्म १७ जना प्रतिवादीले बयान दिएका हुन् ।



    बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले १८ जनालाई पक्राउ गरेको थियो । समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ ।



    भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो । आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुन्छ ।

    बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

    जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार