Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आजको प्रतिनिधिसभा बैठमा शिक्षा र कानुनमन्त्रीसँग प्रश्नोत्तर हुने

    आजको प्रतिनिधिसभा बैठमा शिक्षा र कानुनमन्त्रीसँग प्रश्नोत्तर हुने

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 684
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा शिक्षा र कानुनमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची छ ।



    संसद सचिवालयलका अनुसार एक जना सांसदले एउटा मन्त्रालयसँग सम्बन्धित दुई वटासम्म प्रश्न सोध्न पाउँछन् । सांसदले दर्ता गरेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले संसदमै मौखिक जवाफ दिनुपर्ने व्यवस्था छ ।



    संसद सचिवालयका अनुसार सोमबार नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडे, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न सोध्ने र त्यसको जवाफ सम्बिन्धित मन्त्रीले दिने तय भएको छ ।

    प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ८ मा प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । जहाँ सांसदहरुले कुनै पनि विषयमा मन्त्रीहरुलाई प्रश्न सोध्न सक्ने र त्यसको प्रक्रिया उल्लेख छ ।

    संसद सचिवालयका अनुसार चालु अधिवेशनमा करिब १५० वटा प्रश्नहरु दर्ता भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार