Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • डेढ किलो चरेससहित कैलालीबाट ४ जना पक्राउ

    डेढ किलो चरेससहित कैलालीबाट ४ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 633
    SHARES

    संकेतिक तस्विर

    धनगढी । कैलाली प्रहरीले डेढ किलो लागूऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका-१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेका छन् ।



    उनीहरुलाई सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटी र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका-५ को देउकलियाबाट पक्राउ गरेको हो ।



    एक किलो तीन सय ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

    चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार