Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ललिता निवास प्रकरणमा बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले भने – सरकारलाई हदम्याद नाघेको मुद्दा दर्ता गराउने छुट छैन

    ललिता निवास प्रकरणमा बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले भने – सरकारलाई हदम्याद नाघेको मुद्दा दर्ता गराउने छुट छैन

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बालुवाटारको सरकारी जग्गा घोटाला प्रकरणमा सरकारले हदम्याद नाघेको मुद्दा अदालतमा दर्ता गराएको दाबी गरेका छन् ।

    ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौंमा प्रतिवादी मीनबहादुर गुरुङको पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।



    वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘सरकारले हदम्याद नाघेपछि दर्ता गर्ने छुट पाउँदैन । किर्ते कसुरमा २५ दिन मात्रै थुनामा राख्न मिल्छ तर, ६२ दिनमा मुद्दा दायर गरेर कानुन बमोजिम छ भन्न मिल्दैन ।’



    जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी ऐन–२०२० को ‘किर्ते कागज’ को महलअनुसार ललिता निवासको अभियोग पत्र दायर गरेको छ । तर, श्रेष्ठले सो महल खारेज भैसकेको भन्दै राज्यले नै कानुन नमानेको बताए ।

    बिहीबार सरकारी वकिलहरुले अभियोगपत्रमा मुख्य अभियुक्त दाबी गरिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको तर्फबाट बहस भएको थियो।

    गुरुङलाई अभियोगपत्रमा मुख्य तीन प्रतिवादीमध्ये एक भएको दाबी गरिएको छ। ललिता निवासको जग्गा कीर्तेमा शोभकान्त ढकाल, रामकुमार सुवेदी र गुरुङको मिलेमतोमा कीर्ते भएकाले उनीहरुलाई मुख्य अभियुक्तको रुपमा सजाय हुनुपर्ने माग गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार