Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १२ केजी ७ सय ग्राम चरेससहित विमानस्थलबाट तीन जना पक्राउ

    १२ केजी ७ सय ग्राम चरेससहित विमानस्थलबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ केजी चरेससहित तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्।



    बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरोले  पक्राउ गरेको हो ।



    उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। उनीहरुलाई अहिले हिरासतमा लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

    केहि दिन अगाडी मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा जाँचपास भएर साउन २६ मा काठमाडौंबाट लागूऔषध गाँजा हङकङ पुगेको घटना बाहिरिएको थियो ।

    सामानमा लागूऔषध भेटिएपछि हङकङ प्रहरीले यसबारे नेपाल प्रहरीलाई जानकारी गराएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार